विकासमा आप्रवासको योगदानकोलागि संयूक्त पहल :
आप्रवासका स्थानीय पक्षलाई मजबुत बनाई विकासमा आप्रवासको योगदान सुदृढिकरण गर्ने
 

Migration For Developmentआप्रवासले स्थानीय विकास प्रक्रियामा महत्वपूर्ण सहयोगी भूमिका खेल्न सक्ने सम्भावना देखिन्छ । ‘आप्रवास र विकासमा उच्चस्तरीय सम्वाद’ तथा ‘आप्रवास र विकास सम्बन्धि विश्व मञ्च’ लगाएतका विश्वस्तरीय मञ्चहरुले  आप्रवासले विकासमा पु¥याउन सक्ने योगदानलाई स्वीकार गरेको छ । स्थानीय आप्रवास बजार र स्थानीय जनसंख्याको आकार वा डेमोग्राफिकमा आप्रवासले प्रभाव पार्ने भएको कारणले आप्रवासका मूख्य कारक तत्वहरु र यसका प्रभावहरु प्रायजसो स्थानीय स्तरमा बढि महशुस गरिन्छ ।

स्थानीय समूदायको आफ्नो समूदायबाट गएका मानिसहरुले बनेको डायसपोरा समाजसँग मजबुत सम्बन्ध रहेको हुन्छ । त्यसैले डायसपोरा सम्बन्धि नीति निर्माणमा स्थानीय समूदायको महत्वपूर्ण भूमिका रहन्छ ।

विकासमा आप्रवासको योगदानकोलागि संयूक्त पहल (जेएमडिआइ) को पहिलो चरणको कार्यक्रमले दिगो विकासकोलागि डायसपोरा समूह जस्ता नागरिक समाजबाट हुने विकासका पहललाई स्थानीय विकास कार्यक्रममा आबद्ध गर्नु जरुरी रहन्छ भन्ने ठहर गरेको छ ।

हालसम्म गरिएका साना परिक्षणात्मक पहलहरुले सकरात्मक प्रभाव देखाएकोछ । यसता पहलहरुले आप्रवास र विकासको क्षेत्रमा स्थानीय निकायले सन्चालन गर्ने गतिविधिको स्तरमा परिर्वतन गर्न योगदान गरेकोछ । दुर्गाभाग्यवस हाल स्थानीय निकायहरुको सहभागिता अति कम रहेको पाइएको छ र स्थानीय निकायहरुको बिचमा तथा सरोकारवालाहरुसँग संयोजन गर्न आवश्यक निपुर्ण र प्रभावकारी संयोजन क्षमता अभाव जस्ता धेरै कमिकमजोरीहरु देखा परेकाछन ।

यूरोपीयन यूनियन र स्विस सरकार विकास सहयोग (एसडिसी)को आर्थिक सहयोगमा जेएमडिआइ (दोश्रो चरणको कार्यक्रम) अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम), शरणार्थी सम्बन्धि संयूक्त राष्ट्र संघीय उच्चायूक्त (यूएनएचसिआर), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), संयूक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए) र लैङ्गिक समानता तथा महिला सशक्तीकरणका लागि संयूक्त राष्ट्र संघीय एकाइ (यूएन वुमन) सँगको सहकार्यमा संयूक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)ले नेतृत्व गरेकोछ । नेपाल लगाएत जम्मा आठओटा देशमा लागु गरिएको यस विश्वस्तरको कार्यक्रमको नेपालमा समकक्षी नेपाल सरकारका श्रम तथा रोजगार मन्त्रालय र संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय हुन् । आइओएम नेपालकोलागि संयोजक एजेन्सीको रुपमा छानिएको छ । यूएनडिपी ब्रसेल्समा रहेको परियोजना व्यबस्थापन एकाइ सँग ९५ लाख अमेरिकन डलरको बजेट रहेको छ । जेएमडिआइले स्थानीय पहललाई अरु बिस्तार गर्नेछ र यसक्रममा हालसम्म पाँच स्थानीय संस्थाहरुले यस प्रयोजनकोलागि प्रस्ताव पेश गरेकाछन् । फलोअप समिती जेएमडिआइको शासन संरचना हो । छनौट समितीले ति स्थानीय संस्थाहरुले पेश गरेका प्रस्तावहरुलाई छनौटकोलागि ब्रसेल्स स्थित यूएनडिपी परिचालन समितीमा सिफारीश गरेको छ । जेएमडिआइको नेपालमा औपचारिक उद्धघाटन परियोजना विस्तार सम्बन्धि क्रियाकलापहरुको बारेमा सम्पूर्ण निर्णयहरु पश्चात फागुन महिनामा गरिनेछ ।

आप्रवासले स्थानीय विकासमा पार्न सक्ने प्रभावमा योगदान पु¥याउन निम्नानुसारका सहायताहरु प्रदान गरिनेछन्: १) छनौटमा परेका राष्ट्रहरुमा गरिने पहललाई बिस्तार गर्ने, २) लक्षित तालिमहरु प्रदान गरी क्षमता विकास गर्ने र ३) स्थानीय निकायलाई साझेदारी निमार्ण गर्न तथा प्राप्त भएको ज्ञान सबैमा बाँड्न सहयोग गर्न अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध स्थापित गराउने ।


Visitors Counter : 3285