g]kfndf >lds cfk|jf; Joj:yfkgdf lghL If]qsf] ;xeflutf

 

समुद्रपार रोजगारीको खोजीमा हरेक दिन करिब १७०० कामदार नेपालबाट विदेश प्रस्थान गरिरहेको तथ्याङ्क छ । हाल करिब २० लाख नेपाली कामदारहरु मलेशिया, कतार, साउदी अरेयिबा, यूनाइटेड अरब इमिरेट्स, कुवेत, साउथ कोरिया, जापान र यूरोपीयन मूलुकहरुमा रहेर काम गरिहेको अनुमान गरिएको छ । श्रम आप्रवासमा जाने क्रममा वृद्धि भएसँगै डायस्पोरा समेतका नेपाली आप्रवासी कामदारबाट प्राप्त हुने विप्रेषणमा उल्लेख्य वृद्धि भएको छ ।

विश्व व्याङ्कले सन् २०११ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार नेपाली आप्रवासी कामदारले आर्जन गर्ने विप्रेषणले नेपालको कूल गार्हस्थ्य उत्पादनको २१.२ प्रतिशत योगदान गरिरहेको छ । तथापि, विप्रेषणको ठूलो हिस्सा घरयासी र उपभोग्य वस्तुको खरिदमा प्रयोग हुने गरेको छ । विप्रेषण प्राप्त गर्ने घरपरिवार, र आप्रवासी कामदारहरुमा वित्तीय साक्षरताको कमी रहेकोले विप्रेषण लगानीको सम्भाव्य क्षेत्रका बारेमा सीमित ज्ञान रहेको छ र त्यहीकारण गरिबीबाट मुक्ती पाउन र आप्रवासको दुस्चक्रलाई तोड्न ज्यादै कठिन हुने गरेको छ । यसक्रममा उनीहरुले आप्रवासमा निकै समय बिताउनुका साथै ज्यादै बढी रकम लगानी गरेका हुन्छन् ।

यो पृष्ठभूमिमा आइओएमले श्रम तथा रोजगार मन्त्रालयसँगको साझेदारीमा रोजगारका अवसर सिर्जना गर्न र आप्रवास व्यवस्थापनमा सार्वजनिक–निजी साझेदारी मार्फत सुरक्षित आप्रवासका निम्ति सक्षम वातावरण बनाउन “श्रम आप्रवास व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता” नामको परियोजना कार्यान्वयन गरिरहेको छ ।

यो परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकाहरु र विप्रेषण प्राप्त गर्ने घरपरिवारमा केन्द्रित गर्दै कृषि तथा पशजन्य उत्पादनको प्रशोधन गर्न कृषकहरुको ज्ञान र सिप विकासकोलागि सरकारद्धारा सन्चालित तालिम केन्द्रहरुमा कृषि तथा पशुपालन व्यवशाय प्रवद्र्धन तालिम सन्चालन गर्न स्रोत परिचालनका लागि निजी क्षेत्रसँग निकट रहेर कार्य गरिरहेकोछ । यसतो तालिमले कृषि तथा पशुजन्य उत्पादनको गुणस्तर तथा उत्पादन क्षमतामा वृद्धि गरी कृषकहरुको आय आजर्न मूलक क्रियाकलापकोलागि अवसर सृजना गर्नेछ ।

यो परियोजनाले आप्रवासीहरुको घना बस्ति रहेको क्षेत्रमा विप्रेषण प्राप्त गर्ने घरपरिवारकोलागि बचत, लगानी, घरखर्च तथा आर्थिक व्यवस्थापनको सिप विकासकोलागि वित्तिय साक्षरता तालिम प्रदान गर्ने उद्देश्य लिएको छ । आर्थिक साक्षरताको तालिम पाएकाहरुलाई आर्थिक सँस्थाहरुको सम्पर्कमा पठाइनेछ र यसै परियोजना अन्तर्गतको कृषि तथा पशुपालन व्यवशाय प्रवर्धन तालिममा सहभागि हुनकोलागि प्रोत्साहित गरिनेछ ।

यो परियोजना आइओएमको आन्तरिक कोष “आइओएम विकास कोष” द्धारा सन्चालित रहेकोछ ।


Visitors Counter : 4727