;xof]udf :j]lR5s lkmtL{ tyf k'gld{ng -PeLcf/cf/_

 

आइओएमले स्वीट्जरल्यान्ड, नर्वे, बेल्जियम, बेलायत, इटाली, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोल्यान्ड, फिनल्यान्ड, रोमानीया, स्लोभाकीया, अस्ट्रेलिया, क्यानडा, टर्कीमा अलपत्र परि शरणको खोजीमा रहेकाहरुलाई नेपाल फर्काउन र उनीहरुका परिवारमा पुनर्मिलन गराउन मद्दत गरेको छ । दिगोे पुनर्मिलनको सन्दर्भमा उपलब्ध गराइने सहायतामा लघु व्यवसायको स्थापना (जस्तै, किराना पसल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, कपडा पसल इत्यादि), प्राविधिक तालिम, व्यावसायिक शिक्षा र पशुपालन तथा निकै जोखिमपूर्ण अवस्था रहे स्वास्थ्य सहयोग र वित्तीय अनुदान समावेश रहेका छन् । सन् २०१३ को असोज सम्ममा ५०० भन्दा बढी व्यक्तिलाई गन्तव्य मुलुकमा रहेको आइओएम कार्यालय मार्फत नेपाल कार्यालयले फिर्ता हुन मद्दत गर्नुका साथै उनीहरुका परिवारमा पुनर्मिलन गराएको छ ।

बाली प्रोसेसको तत्वावधान मुताविक तथा अस्ट्रेलियाको लगानीमा आइओएम नेपालले बाली प्रोसेसका सदस्य राष्ट्रहरुमा स्वफिर्ती सहायता तथा पुनर्मिलन सहायता (एभीआरआर) उपलब्ध गराउने गरी जुलाई २०१२ देखि एउटा क्षेत्रीय परियोजना कार्यान्वयन गरिरहेको छ । यो परियोजनाको उद्देश्य नै गैरकानुनी आप्रवासी, अस्वीकृत आश्रय खोजकर्ताहरु, आश्रय लिएका मुलुकमा कानुनी हैसियतबेगरका बेचबिचनमा परेका पीडितहरु, तस्करीमा परेका व्यक्तिहरुका साथै मुलुकभित्रको वा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसिआरको स्वीकृत कार्यविधि बमोजिम शरणार्थी मान्यता निर्धारण (आरएसडी) आवेदन पहिल्यै औपचारिकरुपमा बन्द गरिसकेकाहरुलाई स्वेच्छिकरुपमा, सुरक्षित र आत्मसम्मानपूर्वक स्वेदश फर्काउन क्षेत्रीय सहयोग संयन्त्र उपलब्ध गराउनु हो । यो प्रावधान अन्तर्गत पारवहनका क्रममा फेला परेका र स्वेच्छिक फिर्तीका निम्ति अन्य कुनै संयन्त्र उपलब्ध नभएका व्यक्तिहरु समावेश हुन सक्छन् । यो परियोजनाले बाली प्रोसेसका सदस्य राष्ट्रहरुका व्यक्ति वा समूहको सहभागितालाई मद्दत पनि गर्दछ । युएनएचसिआरको स्वेच्छिक फिर्ती कार्यक्रम अन्तर्गत वैकल्पिक लगानीको अवस्था नरहे यो परियोजनाले स्वेच्छापूर्वक जानीबुझी र युएनएचसिआरको स्थापित सिद्धान्त तथा कार्यविधि बमोजिम आफ्नो मुलुक फर्कन चाहने शरणको खोजी गरिरहेका र शरणार्थीको फिर्तीका निम्ति मद्दत गर्न सक्छ । एभीआरआर परियोजनाले योग्य सहभागीहरुलाई पूर्वप्रस्थान परामर्श तथा सूचना व्यवस्था, यात्रापूर्वको सहायता तथा स्वास्थ्य जाँच (यात्राका निम्ति योग्य रहेको), यातायात, स्वागत सहायता तथा समायोजन सहयोग उपलब्ध गराउँछ । बाली प्रोसेसका सम्बन्धमा थप जानकारी निम्न वेबपेजबाट प्राप्त गर्न सकिन्छः http://www.baliprocess.net 


Visitors Counter : 3903