आईओएम - आप्रवासी स्वास्थ्य परीक्षण केन्द्र (आईओएम - एमएचएसी)

 

 

अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) आप्रवासी तथा गतिशिल जनसंख्याको शारीरिक, मानसिक र सामाजिक कल्याणका साथै सुरक्षित र सुव्यवस्थित आप्रवासले सबैलाई फाइदा पुग्छ र शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ आप्रवासी तथा गतिशिल जनसंख्थाले आफ्नो समूदाय तथा राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा ठोस योगदान पु-याउन सक्छ भन्ने कुरामा विश्वास गर्दछ ।

यसै सन्दर्भमा, आईओएम नेपालले काठमाडौँ र दमकमा रहेका आप्रवासी स्वास्थ्य परीक्षण केन्द्र (एमएचएसी) मा आप्रवासमा जान चाहने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्दछ । यो सेवा स्वास्थ्य परीक्षण, आप्रवासीको विगतको स्वास्थ्य स्थितिको पूनरावलोकन, स्वास्थ्य शिक्षा तथा परामर्श, र आप्रवासमा आवश्यक पर्ने स्वास्थ्य सम्बन्धि कागजपत्रको अन्तिम तयारी लगायतका सेवाहरु सम्मिलित एक प्याकेज मार्फत उपलब्ध गराईन्छ ।

 

यसको साथै आईओएम नेपालले विभिन्न आठवटा मूलुकमा पूनर्वासकोलागि जाने भुटानी शरणार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य परीक्षण तथा यात्रा अवधिमा आवश्यक पर्ने चिकित्सा सहायता पनि प्रदान गर्दछ । स्वास्थ्य परीक्षण सम्बन्धित मूलुकको सरकारले निर्धारण गरेको मापदण्ड र/वा त्यहाँको प्रचलित अभ्यास बमोजिम शरणार्थीहरु पूर्नवासमा जानु पूर्व गरिन्छ ।

एमएचएसीले भुटानी शरणार्थीहरु यात्रा गर्न योग्य छन्, पूर्नवासमा जाने मूलुकको आवश्यक मापदण्ड पुरा भएको छ र अन्य यात्रु वा पूर्नवासमा जाने मूलुकका समुदायको लागि कुनै खतरा पु-याउने छैनन् भन्ने कुराहरु सुनिश्चित गर्दछ ।

 

भिसा निवेदकहरुको लागि जानकारी

आईओएम एमएचएसीले आप्रवासीहरुलाई उपलब्ध गराउने सेवाहरु

  1.  
    संयुक्तराज्य अमेरिका
    1. जानकारी पुस्तिका
    2. बारम्बार सोधिने प्रश्नहरु
    3. खोप
    4. खोपलगाएपछि के गर्नुपर्छ
  2. अस्ट्रेलिया
  3. बेलायत : प्रस्थान पूर्व गरिने क्षयरोग परीक्षण कार्यक्रम
  4. संयुक्तराज्य अमेरिका र अस्ट्रेलिया जानको लागि निवेदन दिने आप्रवासीहरुको लागि प्रत्यक्ष निगरानिमा गरिने उपचार (DOT) सेवा
  5. क्षयरोगको जाँचको लागि खकार परीक्षण

 

नोट : क्यानडा जाने आप्रवासीको लागि खकार परीक्षण बाहेकका स्वास्थ्य परीक्षण सेवाहरु हामीले उपलब्ध गराइरहेकाछैनांै ।

कृपया आईओएम कल सेन्टरमा फोन वा ईमेल गरेर आफ्नो स्वास्थ्य परीक्षणकोलागि समय लिनुहोला ।

भिसा निवेदकहरुको लागि जानकारी

काठमा0डौँ
टेलिफोन : (००९७७) १ ४४ १७ २१९ वा ४४ २९ ५९९
ठेगाना : आईओएम (एमएचएसी), ७६८/४४, थिरबम सडक, बालुवाटार — ५, काठमाडौँ, नेपाल
ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

दमक
टेलिफोन : (००९७७) ०२३ ५८५ २११ वा ५८५ २१३ एक्सटेन्सन् २२१
ठेगाना : आईओएम एमएचडि, देवकोटा चोक (नयाँ सब्जि बजार), दमक— ११, झापा, नेपाल
ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.
                                                                                                                                                                                                [click to view large]

खुल्ने समय

बिहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म सोमबार देखि शुक्रबार सम्म (याद गर्नुहोला : आईओएम बिदाको दिनमा एमएचएसी पनि बन्द रहनेछ ।)

स्वास्थ्य परिक्षण हुने दिनको लागि सामान्य सुझाबहरु

 

१)  कृपया गर्भावस्था लगायतका कुनैपनि स्वास्थ्य अवस्थाहरु नलुकाउनुहोला ।
२)  यदि उपलब्ध छन भने स्वास्थ्य जाँच गराएका कागजात र खोपका रेकर्डहरु ल्याउनुहोला ।
३)  परिक्षणको अघिल्लो दिन रक्सि सेवन नगर्नुहोला ।
४)  यदि तपाई वा तपाईको बच्चा उच्च ज्वरो वा खटिराहरु आएर बिरामी हुनभएको छ भने स्वास्थ्य परिक्षण गर्ने मिति पछि अर्कै दिनकोलागि सार्नुहोला ।
५)  स्वास्थ्य परीक्षण गर्न केहि समय लाग्ने भएकोले समय बिताउन सहज गराउने सामाग्रीहरु (जस्तै, किताब, बच्चाको लागि खेलौना, खाने कुरा, डाइपर) ल्याउन अनुरोध गर्दछौँ ।

क्षयरोग (टिबि) परीक्षण

आप्रवासी स्वास्थ्य परीक्षणका मुख्य उद्धेश्य जनस्वास्थ्य, सार्वजनिक सुरक्षा तथा संरक्षणमा प्रतिकुल प्रभाव पार्न सक्ने सम्भावित खतरा साथै आश्रयदाता समुदायमा सामाजिक सेवाको माग बढाउन सक्ने किसिमका स्वास्थ्य अवस्थाको पहिचान र व्यवस्थापन गर्नु हो । यसै सन्दर्भमा आईओएम ले क्षयरोग (टिबि) पत्ता लगाउनको लागि कम्प्युटराइज्ड रेडियोलोजि (सिआर) र माइक्रोबायोलोजिकल प्रयोगशाला लगायतका आवश्यक पूर्वाधारहरु स्थापित गरेकोछ ।

 
 

क्षयरोग भनेको के हो ? क्षयरोग (टिबि) कीटाणुहरुबाट लाग्ने रोग हो । यी कीटाणुहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

क्षयरोगले प्रायजसो फोक्सोमा असर गर्दछ, तर यसले दिमाग, मृगौलाहरु, वा मेरुदण्ड जस्ता शरीरका अन्य भागहरुमा पनि असर गर्न सक्दछ । यदि उपचार पाएन भने क्षयरोग भएको व्यक्तिको मृत्यु हुनसक्छ । उचित उपचारबाट क्षयरोग निको पार्न सकिन्छ । तर उचित तरिकाले उपचार भएन भने त्यो हानिकारक हुनसक्छ ।

यदि तपाईको लक्षण र / वा छातिको एक्स—रे ले क्षयरोगको कुनैपनि संकेत देखाएमा तपाईले क्षयरोगको जाँच गराउनको लागि खकारको नमुनाहरु उपलब्ध गराउनुपर्ने पनि हुनसक्छ । यसको नतिजाको लागि तपाईले ८ हप्तासम्म पर्खनुपर्ने पनि हुनसक्छ । यदि तपाईले यात्राको योजना तय गरिसक्नुभएको छ भने हामी तपाईलाई स्वास्थ्य परिक्षणको मिति अगाडि नै तय गर्नको लागि अनुरोध गर्दछौं ।

संख्यात्मक विवरणमा आईओएम—एमएचएसी

 

आप्रवासी स्वास्थ्य परीक्षण आईओएमले प्रदान गर्दै आएका आप्रवासी व्यवस्थापन सेवाहरुमध्ये सबै भन्दा राम्ररी स्थापित भएको सेवामा पर्दछ ।

नेपालमा आईओएमले अगस्ट २०१० देखि यता संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र बेलायत जाने आप्रवासीहरुको स्वास्थ्य जाँच सेवा उपलब्ध गराउने, क्षयरोगको परिक्षण गरी उपचार गराउनुपर्ने क्षयरोगका बिरामीहरु पत्ता लगाउने र साथै संयुक्तराज्य अमेरिका जाने आप्रवासीहरुलाई विभिन्न खोपहरु उपलब्ध गराउने कामहरु गर्दैआईरहेको छ । 

 

;]jfx?

@)!)

@)!!

@)!@

@)!#

s"n

c:6«]lnofsf nflu PrP[*]

)

^&

!$&

#)(

%@#

a]nfotsf nflu PrP[*]

)

)

)

#,%(&

#,%(&

cd]l/sfsf nflu PrP[*]

!,&^$

$,%*$

%,!&&

^,$%(

!&,(*$

6LaLsf] pkrf/[1]

#

!^

@^

#&

*@

vf]k[2]

^,$!$

!^,#!@

!(,@%)

@#,^*$

^%,^^) 



[*] PrP – :jf:Yo hfFr 
[1] 6LaLsf] pkrf/ u/fPsf z/0ffyL{sf] ;+Vof
[2] z/0ffyL{nfO{ lbOPsf] vf]ksf] ;+Vof
 

Visitors Counter : 26931