आपतकालीन पूर्वतयारी र सम्बोधन

 

कोशी बाढीपिडितलाई उपलब्ध गराएको मानवीय सहायता र शिविर समन्वय तथा शिविर व्यवस्थापनको मूख्य जिम्मेवारी

 

आइओएमले नेपालमा शिविर समन्वय तथा शिविर व्यवस्थापन (Camp Coordination and Camp Management - CCCM) को मुख्य जिम्मेवारी पनि वहन गर्दछ । सन् २००८ भाद्र महिनामा नेपालको पूर्वी क्षेत्रमा आएको कोशी बाढीपछि आपतकालीन राहत सहायता उपलब्ध गराउन र प्रभावित क्षेत्रमा आन्तरिकरुपमा विस्थापित व्यक्तिहरु (आइडीपी)लाई सुरक्षा प्रदान गर्न सीसीसीएम क्लस्टरलाई सक्रिय बनाइएको थियो । आइओएम नेपालले शिविर रहने स्थानको योजना बनाउने, सूचना व्यवस्थापन गर्ने, गैर–खाद्य वस्तु (एनएफआइ)को समन्वय, खरिद र वितरण गर्ने, शिविर व्यवस्थापन समितिको गठन गर्ने तथा विपद् पूर्वतयारी तालिम आयोजना गर्नेजस्ता विभिन्न कृयाकलापहरुको जिम्मेवारी लिएको थियो । आपतकालीन अवधिमा नियमित समन्वयका कार्य गर्न सघाउने उद्देश्यले एउटा आपतकालीन सञ्चालन केन्द्र निर्माण गरी आवश्यक फर्निसिङ र उपकरणसहित सुनसरी जिल्ला विकास समितिको कार्यलयलाई हस्तान्तरण गरिएको थियो ।

काठमाडौं उपत्यकामा मानवीय सहायतका निम्ति खुल्ला स्थानहरुको पहिचान 

नेपाल भूकम्पीय गतिविधि, बाढि तथा पहिरो जस्ता प्राकृतिक प्रकोपहरुको उच्च जोखिममा रहेको छ । बाक्लो जनसंख्या र उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्ने भएकोले काठमाण्डौँ उपत्यका भूकम्पबाट हुने मानवीय तथा संरचना भत्किएरहुने दुवैथरि विनाशकारी क्षेतिकोलागि अति संवेदनशिल रहेको छ । यसैले भूकम्प पश्चात यसबाट बाँच्न सफल विस्थापित करिब १८ लाख मानिसहरुलाई काठमाण्डौँ सहर भित्र तथा वरिपरिका क्षेत्रमा मानवीय सहायताकोलागि अस्थाई बासको आवश्यकता पर्न सक्छ ।

यस प्रकारको भविष्यमा आइपर्नसक्ने जोखिमकोलागि अमेरिकी सहयोग नियोग ९ग्क्ब्क्ष्म्० अन्तर्गतको जोखिम सहायता विभाग ९इँम्ब्० को सहयोगमा गृह मन्त्रालय र आइओएमले  काठमाडौँ उपत्यकामा मानवीय सहायताका निम्ति उपयूक्त ८३ वटा ठाउँहरुको पहिचान गरेको छ । यी खुला ठाउँहरु भूकम्पबाट ज्यान जोगाउन सफल विस्थापित मानिसहरुको सहयोगमा जुटेका सरकारी र साझेदारी संस्थाहरुलाई प्रारम्भिक सहयोग प्रदान गर्नकोलागि तयार पारिएको हो । ८३ वटा खुला ठाउँहरुको बारेको प्रतिवेदन मन्त्रिपरिषदले पारित गरिसकेकोछ र ति ठाउँहरुको बाह्य अतिक्रमण नहोस् भन्नाको खातिर राजपत्रमा प्रकाशित गरिएको छ ।

खुला ठाउँहरुको वेबसाइटः https://sites.google.com/site/kathmanduopenspaces/home 

काठमाण्डौँ उपत्यकाका नगरपालिकाहरुमा भूकम्प पश्चात मानवीय सहायताको योजना

आइओएमले भूकम्पीय विपद्कालिन सहयोग योजनाको विकास तथा काठमाण्डौँ उपत्यकाका चार नगरपालिकाहरुमा आधारभूत भूकम्पीय विपद्कालिन अनुकरण योजना तयार पारि भूकम्प पूर्वतयारीकोलागि सहयोग गरेको छ । यस अतिरिक्त, संयूक्त राष्ट्रसंघीय विकास सहयोग कार्यक्रम (युएनडिपि) को सहयोगमा नेपाल  बृहद् जोखिम व्यबस्थापन कार्यक्रमको हिस्साको रुपमा आइओएमले दोलखा जील्लामा विपद् व्यबस्थापन कार्य योजना तयार पारेको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पमा परि भत्केका संरचनाहरुको व्यवस्थापन गर्ने योजना

ठूलो भूकम्पबाट भत्किएका संरचनाहरु सो क्षेत्रमा उद्धार, पुनःस्थापना र पुनःनिर्माण कार्यका लागि ठूलो चुनौति हुने गरेको छ । यस्ता संरचनाहरु व्यवस्थापन गर्ने अथवा हटाउने योजना अत्यावस्यक रहेको अन्य राष्ट्रको अनुभवले देखाउँछ ।

आइओएमले अमेरिकी सहयोग नियोग (USAID) को विपद् सहयोग विभाग (OFDA) को सहयोगमा आइअ‍ेएमले नेपाल सरकार, निजी क्षेत्र र विकास साझेदारहरुसँगको सहकार्यमा पुनःस्थापना र पुनःनिर्माणमा सहजिकरण गर्न र यस्ता क्षति पुगेका संरचनाहरुको वातावरणमा न्यून प्रभाव पार्ने गरी व्यवस्थापन कार्यको संयोजन गर्न सक्छ । स्तरित दृष्टिकोणको प्रयोग गरि आइआएमले शीघ्र पुनर्लाभका लागि क्षति पुगेका संरचनाहरुको व्यवस्थापन ‘Rubble removal for reconstruction and the restoration of livelihoods’ परियोजना लागु गरिरहेको छ । पुननिर्माण प्रक्रियामा सहयोग र सहजीकरण गर्ने महत्वपूर्ण कार्यक्रम विकास गर्ने लक्ष्य लिएको यस परियोजनाले सहभागितामूलक सिद्धान्त अनुसार विभिन्न संघसंस्थाहरु र सरकारी निकायका क्षमता र दक्षताको नक्शांकन गर्नेछ, जसले भूकम्प पश्चात क्षति पुगेका संरचनाहरुको व्यवस्थापन गर्ने योजनामा योगदान पु¥याउनेछ ।


 Visitors Counter : 23