ताजा समाचारहरु
दातृ निकाय
- cd]l/sL ;/sf/sf] hg;+Vof, z/0ffyL{ / cfk|jf;g Ao/f]
- cd]l/sL cGt/f{li6«o ljsf; ;xof]u lgof]u -o'P;P8_
- c:6«]lnofnL ;/sf/, cWofudg tyf gful/stf ljefu
- cd]l/sL ;/sf/, /f]u lgoGq0f tyf /f]syfd s]Gb| -;L8L;L_
- Sofgf8f ;/sf/, gful/stf tyf cWofudg Sofgf8f -;LcfO;L_
- o'/f]k]nL o'lgog
- a]nfot ;/sf/, ued]{G6 u]6j
- a]nfot ;/sf/, o's] af]8{/ Ph]G;L
- gj]{ ;/sf/
- 8]gdfs{ ;/sf/
- Go"hLNofG8 ;/sf/
[प्रेष विज्ञप्ति] काठमाडौंका बासिन्दाहरुलाई ८३ खुल्ला स्थानहरुको संरक्षण तथा सुरक्षा गर्न आइओएमको आग्रह
२३ श्रावण २०७२
काठमाण्डौँ — वैदेशिक अन्र्तराष्ट्रिय आप्रवासन संगठनले (आइओएम) काठमाडौंका सबै बासिन्दाहरुलाई प्राकृतिक प्रकोपका बखतमा मानवीय कार्यहरूका लागि निर्दिष्ट गरिएका काठमाडौं उपत्यकाका ८३ खुल्ला स्थानहरुको सक्रिय संरक्षणमा संलग्न हुन आग्रह गर्दछ । यूएसएड÷ओएफ्mडिएको आथिर्क सहयोगमा आइओएमले श्रावण देखि असोज महिनामा नेपाल सरकार र स्थानीय संगठनसँगको साझ्mेदारीमा काठमाडौं उपत्यकाका विभिन्न खुल्ला स्थानहरुमा सार्वजनिक कार्यक्रमहरु संचालन गर्नेछ । पहिलो सार्वजनिक कार्यक्रम जावलाखेल चौरमा आज संचालन हँुदैछ ।
“हामी प्राकृतिक प्रकोपलाई रोक्न त सक्दैनौ तर नेपालको प्राकृतिक प्रकोपसँग सामना गर्ने तरिकालाई परिवर्तन गर्न सक्छौ । आइओएमको अध्ययन अनुसार काठमाडौं उपत्यकाका सबै ८३ खुल्ला स्थानहरु महाभूकम्प पश्चात प्रयोगमा आएका थिए र यी स्थानहरुले जनमानसलाई तत्कालका लागि सुरक्षाको अनुभुति गराएको थियो । हालै आएको भूकम्पको अनुभवबाट हामीले पाठ सिकी भविष्यको लागि राम्रो योजना बनाउन सक्छौ । हामी सबै मिली ठूला जोखिमपूर्ण प्राकृतिक प्रकोपहरुलाई रोक्ने, कम गर्ने, प्रतिकार गर्ने, र प्रतिलाभ गर्ने कार्यमा जुट्नु पर्छ । तसर्थ, समुदायले खुल्ला स्थानहरुको स्वामित्व लिनु अत्यन्त जरुरी छ ” भने आइओएम नेपालका कामु चिफ्m अफ्m मिसन थोमस सिङ्कोभिट्सले ।
२००९ सालको कोसी बाढी प्रतिकार्य र कलस्टर पद्घतिको सक्रियता पछि खुल्ला स्थान सम्बन्धी अवधारणा प्रारम्भ भएको हो । काठमाडौं उपत्यकामा आइलाग्ने विध्वंसक घटना पछिको पूर्वानुमानित आवश्यकता पूर्तिका लागि प्रत्येक खुल्ला स्थानलाई नियुक्त गरिएको छ । तत्काल आवश्यकतामा परेकाहरुका लागि जीवन संहार सहयोग प्रदान गर्ने खालका सुरुवाती कार्यमा सरकार र सहकार्य एजेन्सीहरुलाई तयार गर्नका लागि प्रारंभिक प्रतिकार्य योजना कार्यढाँचा प्रदान गर्ने उद्देश्यले यी ८३ खुल्ला स्थानहरु लक्षित गरिएका छन् ।
८३ खुल्ला स्थानहरुको सुरक्षा वा संरक्षण सुनिश्चित गर्न हामीले हालसालैको विपत्तिबाट पाठ सिकेका छौ । यी स्थानहरुमा कुनै थप निमार्ण गर्न अनिश्चितकाल सम्मका लागि स्थगित गर्नु पर्छ । खुल्ला स्थानहरुको सुरक्षा वा मर्मतसंहारको जिम्मेवारी सरकारको भएता पनि आसपासका समुदायहरूले खुल्ला स्थानको स्वामित्व लिनु पर्छ ।
खुल्ला स्थानहरु संरक्षण तथा व्यस्थापन गर्ने सरकारको प्रयत्नमा समुदायहरूले विभिन्न प्रकारबाट सहयोग पु¥याउन सक्छन् । यसको शुरुवात आफनो सामुदायिक विपद व्यवस्थापन समितिमा सम्पर्क गरि यस्ता खुल्ला स्थानको बारेमा साथै सम्पूर्ण विपद पूर्वतयारी र प्रतिकार्य योजनाका बारेमा जानकारी लिएर गर्न सक्छन् । सामुदायिक विपद व्यवस्थापन समितिका साथै समुदायका अन्य सदस्यहरु जस्तै महिला समुह, युवा क्लब, स्थानीय निकाय र व्यापारहरुको सम्बन्ध स्थापित गरि समुदायहरूले यस्ता क्षेत्रको जगेर्ना गर्न सक्छन् । यसो गर्दा सामुदायहरुले विपदका अवस्थामा खुल्ला स्थानहरुको उपयोग गर्ने परिष्कृत योजना विकास गर्न सक्दछन् ।
केही खुल्ला स्थानहरुलाई खेल मैदान, घुम्ने पार्क आदि जस्ता मनोरञ्जनात्मक क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यस्तो गर्दा खुल्ला स्थानहरुले समुदायको सामाजिक, आर्थिक र पर्यावरणिय आवश्यकता पूर्ति गर्न मद्दत पु¥याउँछ र यी स्थानहरुप्रति समुदायको स्वामित्व पनि बढाउँछ । त्यसै गरी हरियाली पूर्वाधार निर्माण तथा संहार सम्बन्धी योजना विकास गर्ने पनि अर्को विकल्प हुन सक्छ ।
अन्त्यमा, समुदाय आफ्mैले प्रमुख सरोकारवालाको भूमिका निवाह गर्दै सार्वजनिक अभियान र सामाजिक घटना जस्ता क्रियाकलापहरुद्वारा खुल्ला स्थानहरुको महत्वलाई बढावा दिनु पर्छ ।
नेपाल सरकारलाई ८३ खुल्ला स्थानहरुको उपयोगिता र जनमानसमा यी स्थानहरुको जागरुकता उजागर गर्ने उद्देश्यले माथि उल्लेख गरिका क्रियाकलापहरु “प्रभावकारी मानविय प्रतिकार्यका लागि काठमाडौं उपत्यकाका खुल्ला स्थानहरुको पूर्वतयारी र व्यवस्थापन” शीर्षक परियोजना अन्र्तगत कार्यन्वयन गरिएको हो । आइओएम हालमा नेपाल सरकारको सहकार्यमा पहिलो प्रतिकारी तथा क्याम्प व्यवस्थापन सम्बन्धी सामान्य तथा अनुकूल कार्य सञ्चालन कार्यविधि निमार्णको अन्त्यष्टमा पुगेको छ ।
भ्ूकम्प आपतकालिन प्रतिकार्य योजनाको निर्माण र जारी खुल्ला स्थानहरुको पहिचानमा नेपाल सरकारसँगको सहकार्य तथा हालैको भग्नावशेष व्यवस्थापन सञ्चालन योजना निमार्ण जस्ता कार्यहरुद्वारा आइओएमले काठमाडौं उपत्यका भित्रका नगरपालिकाका अधिकारीहरुसँग दिगो सहकार्य सम्बन्ध विकास गरेको छ ।
८३ खुल्ला स्थानहरु र तिनीहरुको उपयोग सम्बन्धी जानकारीका लागि निम्न वेबसाइटमा जानुहोस्ः
http://ktmevacsites.com/
https://sites.google.com/site/kathmanduopenspaces/home
मिडिया सम्बन्धी जानकारीका लागि सम्पर्क गर्ने ठेगानाः
जितेन्द्र बोहरा, कार्यक्रम संयोजक, आइओएम नेपाल, This email address is being protected from spambots. You need JavaScript enabled to view it. / +९७७ ९८०१००४५७१
अरियानि हसना सोइजोइती, सार्वजनिक सम्बन्ध तथा संचार अधिकारी, आइओएम नेपाल, This email address is being protected from spambots. You need JavaScript enabled to view it. / +९७७ ९८१०१७५०२०।
Visitors Counter : 3762
ld;g k|d'v
cfk|jf;g :jf:Yo d"Nofª\sg lSnlgs
- रोजगारीको अवसर : National Project Officer [ToR]
- रोजगारीको अवसर : Policy and Program Officer
- Invitation To Submit Expression of Interest
- Mapping of Private Sector Entities engaged in Migration Initiatives (ToR)
xfdLnfO{ kmnf] ug'{xf];