[प्रेस विज्ञप्तिहरु] सोँच, अगाडि बढ र परिवर्तन ल्याउ” आइओएम यूरोपियन यूनियन आप्रवासन फोटो
प्रतियोगिता २०१३ को विजेता
 युनियन

 

२१ मङ्गसीर २०७०

काठमाण्डौँ अन्र्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम) र यूरोपियन यूनियन (इयू) ले संयूक्त रुपमा आयोजना गरेको आप्रवासन विषयक फोटो प्रतियोगिताको विजेता एक निर्णायक मण्डलले छनौट गरेकोछ । भारतमा काम गर्ने नेपाली आप्रवासीहरु नेपालको जनकपूरमा मनाइने विवाह पञ्चमीको पर्व मनाउन रेलको छतमा बसी जनकपूर फर्कदै गरेको दृश्य उतारीएको यात्राशीर्षकको फोटोकोलागि भारतीय नागरिक सुदिप्तो दासले मूख्य पुरस्कार Canon EOS D700 क्यामरा हात पारेकाछन् । पुरस्कार विजेता उक्त तस्वीरका साथै अन्य उत्कृष्ट प्रशंसनीय तस्वीरहरु आप्रवासी दिवस (२०७० पौष ३ गते) को अवसरमा २०७० पौष ४ देखि ७ गते सम्म पाटन संग्राहलयमा प्रर्दशनीमा राखिनेछ ।

नेपाली आप्रवासीहरु र उनीहरुका परिवार तथा समूदायले भोग्नु परेका चुनौती र अनुभवहरुको बारेमा सामाजिक जागरण जगाउने र देश भित्र तथा बाहिर रहेका हालका आप्रवासी र भविष्यमा वैदेशिक रोजगारमा जान चाहनेहरुको सुरक्षित आप्रवासनकोलागि वकालत गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा संसारका जुनसुकै ठाउँमा बसोबास गर्ने जोसुकैले पनि नेपाली आप्रवासीको मानव अधिकार र भलाइ समेटिएका आफ्ना उत्कृष्ट तस्वीरहरु पठाउनकोलागि खुल्ला गरिएको थियो ।

नेपाल, भारत, नाइजेरीया, स्वीजरल्याण्ड र पोल्याण्डमा बसोबास गर्ने नेपाली, भारतीय, नाइजेरीयाली, स्वीजरल्याण्ड, पोल्याण्ड, बंगलादेशी, जापानी, जर्मन र इटालीयन नागरिकहरु सहित ४६ जना फोटोग्राफरका ९६ ओटा फोटोहरु प्रतियोगिताकोलागि पेश गरिएकाथिए । प्रसिद्ध फोटो पत्रकारहरु गोपाल चित्रकार र बिकास रौनियार, नेपाल स्थित यूरोपिएन यूनियन डेलीगेशनका कोअपरेशन प्रमूख लुइस नभारो र कार्यक्रम व्यवस्थापक एनोरा मरिन, र अन्र्तराष्ट्रिय आप्रवासन संगठन नेपालका तर्फबाट मिसन प्रमूख मरिचियो बुसाती तथा कार्यक्रम अधिकृत प्रविणा गुरुङ्ग सम्मिलित निर्णायक मण्डलले प्रतियोगी तस्वीरहरुको मूल्याङ्कन गरेको थियो ।

अन्र्तराष्ट्रिय आप्रवासन संगठनका मिसन प्रमूख मरिचियो बुसाटीले धेरै तस्वीरहरुले नेपाली आप्रवासीहरुको जीवन ज्यादै रोचक तथा जीवन्त रुपमा उतार्न सफल भएकाछन् भने कतिपय तस्वीरहरुले आप्रवासीका जीवनका बारेमा रहिआएका परम्परागत सोँच र मान्यता भन्दा भिन्न पाटो पनि उतारेकाछन्भन्नुभयो ।

देशमा भित्रने रेमिट्यान्सको कारणले श्रम आप्रवासनले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने भएपनि, विशेषगरी गैरकानूनी तवरले समून्द्रपार गएका आप्रवासीहरु खराब काम गर्ने वातावरण र मानव तस्करीको कारणले शोषणमा पर्ने गरेकाछन् । यसै सन्र्दभमा आप्रवासनलाई विश्व विकास एजेण्डामा समावेश गराउनकोलागि बहसहरु चल्ने क्रम बढेकोछ ।

यूरोपियन यूनियन डेलिगेशन प्रमूख राजदुत रेन्स्जी तेरीन्कले फोटो प्रतियोगिता र त्यसपछि गरिने श्रम आप्रवासg सम्बन्धि फोटो प्रर्दशनीले सर्वसाधरण मानिसहरु, भविष्यमा वैदेशिक रोजगारमा जान चाहनेहरुको साथै नीति निर्माताहरु र नेपाली आप्रवासीहरुको भलाईकोलागि काम गरिरहेकाहरुलाई आप्रवासन अरु बढि सुरक्षित र फाइदाजनक बनाउनकोलागि समष्टिगत कार्ययोजना ल्याउनकोलागि जागरुकता प्रदान गर्ने कुरामा आशावादी छौँभन्नुभयो ।

प्रतियोगिता यूरोपियन यूनियनको आर्थिक सहयोगमा सन्चालित कोलम्बो प्रोसेस सदस्य राष्ट्रहरुमा पुनरावृत्तिका लागि बंगलादेश, इन्डोनेसिया, नेपाल र फिलिपिन्समा श्रम आप्रवास व्यवस्थापनको क्षमता सुदृढीकरणनामक परियोजना अन्र्तगत अन्र्तराष्ट्रिय आप्रवासन संगठन नेपाल र यूरोपियन यूनियनले संयूक्त रुपमा आयोजना गरेको थियो । 

yk hfgsf/Lsf]nflu ;Dks{ M

s]g;'s] d]T;'bf, kjlNs l/n]zg tyf sDo"lgs]zg clws[t, cfOcf]Pd g]kfn This email address is being protected from spambots. You need JavaScript enabled to view it.">This email address is being protected from spambots. You need JavaScript enabled to view it.
 

Visitors Counter : 3219