[प्रेष विज्ञप्ति] अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०१३ “आप्रवासीको हित नै विकास हो” 

२०७० पौष ३ गते

 काठमाण्डौँ — “व्यक्तिको हित हुने काम गर्नु विकासको मूख्य उद्देश्यहरुमध्ये एक हो । आप्रवासीलाई एक व्यक्तिको रुपमा नहेरी सम्पूर्ण आप्रवासन प्रक्रियाले पार्ने सामाजिक तथा आर्थिक प्रभावमा मात्र ध्यान केन्द्रित गर्ने हो भने आप्रवासीको हित हुनेकाम गर्नबाट हामी चुक्नसक्छौँ ।” अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) नेपालका मिसन प्रमूख मरिचियो बुसातीले पौष ३ गते अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०१३ को अवसरमा आयोजित एक समारोहका बिच भन्नुभयो ।

नेपाल सरकार, अन्तर्राष्ट्रिय आप्रवास संगठन नेपाल, संयूक्त राष्ट्रसंघ, र यूरोपीयन यूनियन (इयू) ले ललितपूर स्थित पाटन संग्राहलयमा एक समारोहको आयोजना गरी आप्रवासी दिवस मनाएको थियो । आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्र पर्ने एक महत्वपूर्ण अंश रहेको यथार्र्थ र नेपाली आप्रवासीहरुले आफ्नो र आफ्नो परिवारको भलाइकोलागि देश भित्र र बाहिर निरन्तर रुपमा गर्नुपरेको संघर्षमा ध्यान केन्द्रित गर्दै यस वर्षको आप्रवास दिवसको नारा “आप्रवासीको हित नै विकास हो” राखिएको थियो ।

वैदेसिक रोजगार विभागले प्रत्येक दिन करिब १७०० जना नेपालीहरु जागीरको खोजीमा विदेसिने (भारत बाहेकका अन्य मुलुक) गरेको अनुमान गरेकोछ । आप्रवास नेपालमा अठारौँ शताब्दि देखि ऐतिहासिक घटनाको रुपमा रहेकोछ तर पछिल्लो समयमा आएर परिमाण र गन्तव्यको आधारमा आप्रवासले आफ्नो आकार बढाएकोछ । वितेको दुइ दशकमा नेपाली आप्रवास खाडी मुलुक, मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका र यूरोप सम्म फैलिएकोछ ।

धेरैजसो आप्रवास र विकास सम्बन्धि गरिएका अध्ययन अनुसन्धानहरुले आप्रवासीले घर पठाएको विप्रेषणले पार्ने आर्थिक प्रभावमा ध्यान दिएको पाईन्छ । तर आप्रवासको यस पाटोको मात्र अध्ययन गर्दा आप्रवासले आप्रवासीहरुको व्यक्तिगत जीवन, उनिहरुको परिवार र समूदायमा पार्ने प्रभावलाई नजरअन्दाज गरेको हुन्छ । हाल आएर आप्रवासका फाइदाहरुलाई कसरी मावन विकाससँग जोड्न सकिन्छ भन्ने विषयमा बहस चल्ने क्रम बढिरहेकाछन् ।

“आप्रवासीले दैनिक रुपमा सामना गर्ने ठूला चुनौतिहरुका बावजुद आप्रवासले आप्रवासी र तिनीहरुको परिवारमा सिप विकास तथा स्वास्थ्य र शिक्षामा गर्ने लगानी बढाउने जस्ता घरेलु तहमा ल्याउने फाइदाहरु सहितको अन्य जबरजस्त अवसरहरु पनि ल्याएको हुन्छ” यूरोपीयन यूनियनका प्रमूख तथा राजदुत रेन्स्जी तिरिन्कले भन्नुभयो । “आप्रवासीले भित्रयाएको विप्रेषणको साथमा उनिहरुको सामाजिक, मानवीय र साँस्कृतिक धन खेर नगएर मानव र स्थानीय विकासका महत्वपूर्ण श्रोतको रुपमा खर्च हुनेमा हामी सबैले सुनिश्चत गर्नुपर्छ” वहाँले अगाडि भन्नुभयो ।

यसै वर्ष कार्तिक महिनामा सम्पन्न भएको संयूक्त राष्ट्रसंघको ६८ औँ सधारण सभाले विकासकोलागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणकोलागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरेकोछ । यसले सहस्राब्दी विकास लक्ष्य महशुस गर्नमा आप्रवासको योगदानलाई पूर्ण रुपमा स्वीकार गरी मानव गतिशीलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रुपमा अङ्गीकार गदर्छ । यस मूद्दालाई सन् २०१५ पछिको विकास प्रस्तावमा समावेश गर्नकोलागि उचित ध्यान पु¥याउन जरुरी छ ।

“संयूक्त राष्ट्रसंघीय टोली नेपाल नेपाली आप्रवासीहरुको नाजुक अवस्था र उनिहरुले नेपाल तथा गन्तव्य मुलुकमा भोग्नु परेको समस्याको बारेमा सचेत छ । राष्ट्रसघंले नेपाली आप्रवासी र तिनका परिवारको हितको सुरक्षा गर्न र उनिहरुको अवस्था सुधारकोलागि आफ्नो विकास सहयोग रुपरेखा २०१३ – २०१७ मा आप्रवासी र तिनका परिवारलाई जोखिममा परेका समूहको रुपमा समावेश गरेकोछ” संयूक्त राष्ट्रसघींय आवासीय प्रतिनिधी जेमी म्याकगोल्ड्रिले भन्नुभयो ।
माननीय परराष्ट्र मामिला तथा गृह मन्त्री श्री माधव प्रसाद घिमिरेले “नेपाल सरकार सबैपक्षको भलाईकानिम्त आप्रवासलाई व्यवस्थित गराउन चाहन्छ र यसकोलागि अन्तर्राष्ट्रिय आप्रवास र यसका योगदानहरु सन् २०१५ पछिको विकास कार्यक्रम प्रस्ताव लगायत अन्य अन्तर्राष्ट्रिय दस्तावेजहरुमा उल्लेख गराउनकोलागि अन्तर्राष्ट्रिय समूदाय तथा अन्य सरोकारवालाहरु सँग मिलेर काम गर्न इच्छुक छ ।”

समारोहको अन्तमा आप्रवास विषयक आइओएम–इयू फोटो प्रदर्शनीको pb\3f6g गरिएकोथियो । प्रदर्शनीले नेपाली आप्रवासी र तिनका परिवार उतारिएका आइओएम र इयू द्धारा आयोजित आप्रवास विषयक फोटो प्रतियोगिताका सहभागी फोटोहरु मध्ये छानिएका ३० ओटा फोटोहरु राखिएकाछन् । फोटो प्रदर्शनी सर्वसाधरणकालागि पौष ४ देखि ७ गते सम्म पाटन संग्राहलयमा खुल्ला गरिनेछ ।

थप जानकारीकोलागि सम्पर्क: केन म्याटसुदा, कम्यूनिकेशन अफिसर, आइओएम नेपाल, फोन ००९७७ १ ४४२६२५० E-mail: This email address is being protected from spambots. You need JavaScript enabled to view it.


Visitors Counter : 2633