[मन्तव्य] अन्तर्राष्ट्रिय आप्रवास दिवस २०१३ मनाउने क्रममा माननीय परराष्ट्र मन्त्री श्री माधव प्रसाद घिमिरेले दिनुभएको 

२०७० पौष ३ गते

महामहिम, यूरोपियन यूनियन प्रमूख ज्यू

महामहिम, संयूक्त राष्ट्रसंघका आवासीय प्रतिनिधी ज्यू

श्री मरिचियो बुसाती, अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का मिसन प्रमूख ज्यू

नागरिक समाज तथा आप्रवासी समूदाय

पत्रकार साथीहरु,

महिला तथा भद्रपुरुष,

MigrantsDay2013

अन्तर्राष्ट्रिय आप्रवास संगठन नेपाल, यूरोपियन यूनियन र संयूक्त राष्ट्रसंघीय टोली नेपालले अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०१३ को अवसरमा संयूक्त रुपमा आयोजना गरेको यस कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेकोछ । मानव गतिशिलता, आप्रवासीको हित, र विकासमा आप्रवासीहरुको योगदान जस्तो महत्वपूर्ण विषयमा आधारित रहेको यस कार्यक्रम आयोजना गरेकोमा म आयोजकहरु, विषेशगरी आइओएमलाई धन्यवाद टक्राउँछु । म आप्रवासीको हितको बारेमा प्रतिष्ठित वक्ताहरुले व्यक्त गर्नुभएको धारणाहरुको प्रसंशा गर्दछु । यस अवसरमा म सम्पूर्ण नेपाली तथा विश्वका आप्रवासी समूदायहरुमा उनिहरुको सुरक्षा, सम्पन्नता र खुसीको कामना गर्दै न्यानो अभिवादन टक्राउँछु ।

सन् १९५१ मा स्थापना भएदेखि आप्रवासको क्षेत्रमा नेतृत्वदायी भूमिका निभाइरहेको अन्तर–सरकारी संस्था आइओएमले यस क्षेत्रमा ठोस र उल्लेखनी योगदान पु¥याएको छ । आइओएमले नेपालमा क्षमता विकास, सल्लाहकारी सेवा, आप्रवास सम्बन्धि कानूनमा प्राविधिक सहयोग, शरणार्थीहरुकोलागि आप्रवास सहयोग, मानव बेचविखन बिरुद्धको अभियान जस्ता आप्रवाससंग सम्बन्धित विभिन्न महत्वपूर्ण क्षेत्रमा काम गरिरहेकोछ । आइओएम नेपालले संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर) र अन्य साझेदार संस्थाहरुसंगको निकट सहकार्यमा ८४,००० भन्दा बढि भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनर्वास गराउन सफल भएको थाहा पाएकोछु । आइओएमले विपद्को बेला नेपाली आप्रवासीहरुको उद्धार र पुनस्थापना गराउन खेलेको भूमिका उदाहरणीय छ । यस देशकोलागि गरेकf यी सबै राम्रा कामहरुकालागि म आइओएम नेपालको प्रशंसा गदर्छु । 

यूगौँ देखि आप्रवासले सभ्यताको विकास गरी यसलाई फल्न–फुलाउन सहयोग गरेकोछ । आजको यूगमा हामी आप्रवासी समूदाय र श्रोत तथा गन्तव्य मुलुकको विकासमा उनिहरुको योगदान विनाको विश्व परिकल्पना गर्न सक्दैनौँ । यसो हँ'दाहुँदैपनि आप्रवासी समूदायहरु, उनिहरुको हित र विकासमा उनिहरुको योगदान संग सम्बन्धित मूद्दाहरुले पाउनुपर्ने जति विश्वको ध्यान पाउन सकेकोछैन । आप्रवासले गरिबी घटाउन र सामाजिक विकास तथा दिगो विकासकोलागि महत्वपूर्ण भूमिका खेल्नेभएपनि सहस्राब्दि विकास लक्ष्यमा समेटिन सकेन । विश्व समूदाय सन् २०१५ पछिको विकास कार्यक्रम प्रस्ताव तथा दिगो विकास लक्ष्य तयार पार्ने तरखरमा रहेकोबेला सन् २०१५ पछिको कार्यक्रममा आप्रवास र विकास समावेश गराउन हामी सबैले पहल गर्न जरुरी छ । गत असोज महिनामा सम्पन्न भएको संयूक्त राष्ट्रसंघको ६८ औँ साधारण सभाले अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको आयोजना गरी स्रोत, गन्तव्य तथा ट्रान्जिट राष्ट्रहरुको विकासमा आप्रवासीहरुको योगदानलाई मध्यनजरगरी उनिहरुको आधारभूत अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिदैँ एक प्रस्तावना पारित गर्न सफल भएकोथियो । मलाई लाग्छ आप्रवास, आप्रवासी र उनिहरुको हितकोलागि राष्ट्रिय, उप–क्षेत्रीय, क्षेत्रीय र विश्व स्तरमा यस मूद्दालाई यस सम्बन्धि अन्तर्राष्ट्रिय विकास प्रस्तावमा समावेश गराउनकोलागि यस विषयमा अरु बढि संवाद र छलफल चलाउन आवश्यक छ ।

हामीसंग उपलब्ध तथ्याङ्क अनुसार सन् २०१३ मा विश्वमा अन्तर्राष्ट्रिय आप्रवासीको संख्या २ खर्ब ३२ अर्ब पुगेकोथियो र यो संख्या सन् २०१० देखि २०१३ को बिचमा प्रतिवर्ष १.६ को दरमा बढिरहेको छ । पछिल्लो तथ्याकंले विश्वको कुल ७० करोड जनसंख्या मध्ये करिब १० करोड मानिसहरु आप्रवासी भएको देखाउँछ । अर्को शब्दमा भन्नुपर्दा आज विश्वका प्रत्येक सात जना मानिस मध्ये एकजना प्रवासमा छ । आप्रवासबाट प्रत्यक्ष रुपमा प्रभावित मानिसको संख्या अझ ठूलो छ, जस्तो की आप्रवासीका परिवार, व्यापार–व्यवशाय, श्रम बजार र राष्ट्रिय अर्थतन्त्र सबै आप्रवासमा निर्भर रहन्छन् । हामीसँग आप्रवासीले पठाएका विप्रेषणको तथ्याङ्क छ तर उनिहरुको पसिना र परिश्रमले गन्तव्य मुलुकको अर्थतन्त्रमा कति योगदान गर्छ भन्नेकुराको लेखाजोखा गर्ने संयन्त्र अहिलेसम्म बनेकोछैन ।

आप्रवासले आप्रवासीको श्रोत र गन्तव्य दुवै मुलुकको आर्थिक उन्नती र विकासमा योगदान पु¥याउँछ भन्ने मान्यता बढेर गएको छ । धेरै विकासोन्मुख देशमा विप्रेषणले राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँछ, यो वैदेशिक मुद्रा भित्रयाउने मूख्य श्रोत बनेको छ र व्यापार बढाउने माध्यम बनेको छ । र विकसित देशमा श्रम आपूर्तिको ठूलो हिस्सा आप्रवासको माध्यमबाटै पुरा हुने गरेको छ जसले उनिहरुको बजार र अर्थतन्त्र चलाउन सहयोग गर्छ । आप्रवास प्रक्रियाबाट हुने सम्पर्क, ट्रान्जिटमा हुने चहलपहल र मानिसको गतिशिलताले बढाउने आर्थिक गतिविधीबाट ट्रान्जिटमा पर्ने राष्ट्रहरुपनि लाभान्वित भएकाछन् । आप्रवासले सामाजिक विप्रेषणका अदृश्य तरल तत्वहरु जस्तै विश्व व्यापारको वहाव, सिप, मूल्य–मान्यता र सृजनाको हस्तान्तरण, बैकिङ्ग क्षेत्र र व्यापार, उत्पादन, र पर्यटन क्षेत्रको विस्तारमा पनि योगदान पु¥याइरहेकोछ । आप्रवासले आप्रवासीका परिवार र श्रोत मुलुकको अर्थतन्त्रमा राहत पु¥याइरहँदा गन्तव्य मुलुकको विकास प्रक्रियामा पनि महत्वपूर्ण योगदान दिइरहेकोहुन्छ भन्ने नेपालको भनाइ छ ।

३० लाख नेपाली यूवाहरु जागीरको खोजीमा विदेशमा रहेको र उनिहरुले पठाएको विप्रेषणले देशको कुल ग्राहस्थ उत्पादनमा २१.५ प्रतिशतको हिस्सा ओगटेको अवस्थामा हामी श्रोत मुलुकबाट गन्तव्य मुलुकमा हुने कामदार आप्रवास प्रक्रिया व्यवस्थित र सुरक्षित हुनुपर्नेमा जोड दिन्छौँ । दलालको भूमिकालाई हटाइ आप्रवासी कामदार भर्ना प्रक्रियामा लाग्ने लागत कम गर्नु पर्ने, श्रमिकको आवतजावतसँग सम्बन्धित हरेक प्रक्रिया र कामलाई पारदर्शी र जिम्मेवार बनाउनुपर्ने, र सम्भावित भ्रष्ट्रचारलाई कडा रुपमा नियन्त्रण गरि नियम–कानून पालना गराउने निकायको क्षमता र प्रभावकारिता बढाउनु पर्ने जरुरी रहेको हामीले महशुस गरेकाछौँ । वैदेशिक रोजगारको क्षेत्रमा रहेका समस्या र चुनौतीहरुलाई अरुबढि व्यवहारिक तवरले हेर्नकोलागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा अन्य विभिन्न मन्त्रालयहरुका उच्चस्तरीय अधिकारीहरुको प्रतिनिधित्व र साथमा नियम–कानून पालना गराउने निकायहरु सहितको एक उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । यस संयन्त्र आप्रवास प्रक्रियाका हरेक कदममा आइपर्ने आप्रवासी कामदारहरुका समस्याहरु सुल्झाउन र उनिहरुका जायज आवश्यकता र समस्याहरुलाइ स्वदेश र विदेश दुवै ठाउँमा रहेका दुतावासहरु माफर्त प्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यमा निकै उपयोगी देखिएको छ ।

बेइमान दलाल र विभिन्न गन्तव्य मुलुकका रोजगारदाताहरुबाट आप्रवासी कामदारहरुमाथि दव्र्यवहार र शोषण भएका धेरै उदाहरणहरु हामीले देखेकाछौँ । यसता कार्यहरु श्रोत र गन्तव्य मुलुकका सरकारहरुको बिचमा आपसी समझदारी, सहकार्य र विचारविमर्श मार्फत नियन्त्रण गर्न सकिन्छ । आप्रवास सबैकोलागि लाभदायक बनाउनकोलागि सबै आप्रवासी कामदार विशेषगरि महिला, बालबच्चा र कम सिप भएका कामदारका आधारभूत अधिकारलाई सम्मान गर्ने उपयूक्त वातावरण विश्वभरि नै सृजना गर्नुपर्छ । आप्रवास र विकासलाई विश्व विकास योजनाका मूख्य पक्षहरुमा समावेश गर्न सके यस दिशामा धेरै अगाडि बढ्न सकिन्थ्यो । कोलोम्बो प्रोसेस, आबुधाबी डायलग र आप्रवास र विकासकोलागि विश्व मञ्च जस्ता आप्रवास मूद्दा सम्बन्धित क्षेत्रीय तथा विश्व संयन्त्रहरुले यसकोलागि उचित प्रस्ताव ल्याउन सक्छ ।

नेपालमा आप्रवासी कामदारले पठाउने विप्रेषणले गरिबी घटाउन, आम्दानी वितरणको दायरा बढाउन र मानवीय र सामाजिक विकास हासिल गर्न निकै फाइदाजनक सावित भएको छ । हामी विप्रेषणबाट राष्ट्रिय पूँजी तयार पार्ने मात्र नभएर फर्किएका आप्रवासीले लिएर आउने नयाँ प्रविधि, सिप, उद्यमशिलता र राम्रा अनुभवलाई राष्ट्रिय विकास प्रक्रियामा प्रयोग गर्ने कार्यमा जोड दिइरहेका छौँ ।

पछिल्लो समयमा विश्वका केहि ठाउँहरुमा आप्रवासी बिरोधी, जातीवादका भावनाहरु जस्ता जटिल मूद्दाहरु उठेकाछन् । मानव बेचविखन, विशेषगरि महिला र बालबालिका तथा मानव तस्करी जस्ता कार्यहरुपनि बढिरहेकाछन् । व्यक्ति बेचविखन विरुद्ध अभियान चलाउन र यसलाई रोक्न महिला लगाएत जोखिममा रहेका जनसंख्याको व्यवस्थित र सुरक्षित आप्रवास सुनिश्चत गरिनुपर्छ । श्रम आप्रवास व्यवस्थित गर्न र यसलाई दिगो बनाउनकोलागि आप्रवासीकोबारेमा रहेको परम्परागत धारणा र मान्यतालाई हटाई सुरक्षित आप्रवास, सम्मानित रोजगार, आप्रवासीको अधिकार र हितमा ध्यान केन्द्रित गर्दै आप्रवासीहरुले समाज, राष्ट्र र विश्वमा पु¥याउने योगदानको बारेमा जानकारी दिइनुपर्छ । र दक्षिण विश्वका धेरै राष्ट्रहरु तथा पूर्वी विश्वको विकास प्रक्रियाको आधार आप्रवास नै थियो भन्ने कुरा विश्वले बिसर्नुहुदैन । आप्रवास सम्बन्धि अन्य बिषयहरु जस्तै बढ्दो विपद्कालिन मानवीय सहायताकोलागि नयाँ योजना र आर्थिक तथा मानवीय लहरमा वृद्धि गर्न पनि आवश्यक छ ।

नेपाल सरकार सबै पक्षको भलाईकोलागि व्यवस्थित श्रम आप्रवासलाई सुनिश्चत गराउन अन्तर्राष्ट्रिय आप्रवास र यसको योगदान सन् २०१५ पछिको विकास प्रस्ताव सहित सबै अन्तर्राष्ट्रिय दस्तावेजहरुमा समावेश गराउनकोलागि अन्तर्राष्ट्रिय समूदाय तथा अन्य सरोकारवालाहरु सँग मिलेर काम गर्न इच्छुक छ ।

धन्यवाद !

 

MrMadhavPrasadGhimire


Visitors Counter : 4822