[प्रेष विज्ञप्ति] नेपाली आप्रवासीहरुको नैतिक रुपले स्वच्छ भर्ना प्रक्रियाकोलागि पहल

 

२९ माघ २०७०

काठमाण्डौँ — वैदेशिक रोजगारकोलागि विदेशिने नेपाली आप्रवासी कामदारहरु प्रत्येक वर्ष बढिरहेको अवस्थामा अनैतिक र गैरकानूनी भर्ना प्रक्रियाले धेरै आप्रवासी कामदारहरुलाई जोखिमपूर्ण वातावरण, शोषण र मानव बेचबिखनमा पार्दछ । नेपाल सरकार र अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)ले संयूक्त रुपमा बुधबार आयोजना गरेको वैदेशिक रोजगार व्याशायीहरुसँगको एक परामर्श कार्यक्रमले आप्रवासी कामदारहरुको सुरक्षाकोलागि महत्वपूर्ण कदम बढाएकोछ ।

वैदेशिक रोजगार ऐन २०६४ ले नेपालमा लाइसेन्स लिएका एजेन्सीहरुलाई मात्र रोजगारदाताको तर्फबाट आप्रवासी कामदार भर्ना गर्न छुट दिएकोछ । व्यवहारमा आप्रवासी कामदारहरु प्रायजसो खराव वैदेशिक रोजगार व्यवशायीहरुबाट सेवा शुल्क बढि लिने, पासपोर्ट आफुसँग राखिदिने अथवा गैरकानूनी कागजपत्र बनाइदिने जस्ता कामबाट ठगिएका हुन्छन् । यसकारण कामदारहरु रोजगारदाताबाट सजिलै शोषणमा पर्दछन् ।

आइओएम नेपालका मिसन प्रमूख मरिचियो बुसातीले “गलत भर्ना प्रक्रियाले अन्तर्राष्ट्रिय कामदार भर्ना सम्बन्धि सबै सरोकारवालाहरु, नेपाली आप्रवासी कामदार देखि लिएर उनिहरुको रोजगारदाताको साथमा नैतिक रुपमा स्वच्छ र प्रक्रिया पु¥याई भर्ना गर्ने सँस्था सबै पक्ष अनाहकमा अन्यायमा पर्दछन्” भन्नुभयो ।

नेपालमा भर्ना प्रक्रिया अनुगमनको बिश्लेषण गरेपछि आइओएमले एक नयाँ अनुगमन एकाई र स्थापित कार्यविधि (एसओपी) बनाउनकोलागि शिफारिस गरेको थियो । आइओएमले स्वच्छ भर्ना र स्थापित कार्यविधिकोलागि सबै अन्तर्राष्ट्रिय भर्ना गर्ने संस्थाहरु र रोजगारदाताहरुलाई एक ठाउँमा भेला गर्ने लक्ष्यका साथ तयार पारेको आफ्नो ‘इन्टरनेशनल रिक्रुट्मेन्ट इन्टेग्रीटी सीस्टम’ पनि प्रस्तुत गरेको थियो ।

मरिचियो बुसातीले अगाडि भन्नुभयो “सरोकारवालाहरुले नैतिक आचार संहितामा बाँधिन स्वीकार गर्दा   आफ्ना सबै समकक्षीहरुले स्वच्छ र पारदर्शी सेवा प्रदान गरेकाछन् भन्ने आश्वासन पनि पाउनेछन् । यसले आप्रवासी कामदार मात्र नभएर भर्ना गर्ने संस्था र रोजगारदाताले पनि श्रम आप्रवासनबाट हुने उच्चतम फाइदा लिन सक्नेछन् ।”

श्रम तथा रोजगार मन्त्रालयका सचिव श्री सुरेशमान श्रेष्ठको अध्यक्षतामा सन्चालन भएको उक्त परामर्श कार्यक्रम यूरोपियन यूनियन  र आइओएम विकास कोषको सहयोगमा “कोलम्बो प्रोसेस सदस्य राष्ट्रहरुमा पुनरावृत्तिका लागि बंगलादेश, इन्डोनेसिया, नेपाल र फिलिपिन्समा श्रम आप्रवास व्यवस्थापनको क्षमता सुदृढीकरण” नामक परियोजना अन्र्तगत आयोजना गरिएको हो । यस कार्यक्रममा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल वैदेशिक रोजगार व्यवशायी संघका प्रतिनिधिहरु सहभागी थिए ।

yk hfgsf/Lsf]nflu M
केन म्यातसुदा, कम्यूनिकेशन अफिसर, आइओएम नेपाल, फोन ००९७७ १ ४४२६२५० E-mail:
This email address is being protected from spambots. You need JavaScript enabled to view it.
 


Visitors Counter : 3167