-
Who We Are
WHO WE AREThe International Organization for Migration (IOM) is part of the United Nations System as the leading inter-governmental organization promoting since 1951 humane and orderly migration for the benefit of all, with 175 member states and a presence in over 100 countries. IOM has had a presence in Nepal since 2006.
About
About
IOM Global
IOM Global
-
Our Work
Our WorkAs the leading inter-governmental organization promoting since 1951 humane and orderly migration, IOM plays a key role to support the achievement of the 2030 Agenda through different areas of intervention that connect both humanitarian assistance and sustainable development.
- Data and Resources
- Take Action
- 2030 Agenda
Ensuring No Community is Left Behind: IOM Trained Over 550 Rural and Urban Municipalities on Localization of Disaster Risk Reduction and Management
Kathmandu – Today October 13, as the world marks the International Day for Disaster Risk Reduction (IDDRR), we are pleased to announce that over 550 out of 753 rural and urban municipalities of Nepal received dedicated training on disaster risk reduction and management (DRRM) with the financial support from the Bureau of Humanitarian Assistance, the United States Agency for International Development (USAID). The project, implemented by IOM aims to connect the dots between all local levels across the country, and has already reached over 75% of the municipalities in the country.
Under the leadership of the Ministry of Federal Affairs and General Administration (MoFAGA), the International Organization for Migration (IOM) has been conducting training for newly elected local level authorities to enable localization of DRRM laws, policies and strategic plans of action. Collectively, these form the basis of strengthened capacity for reducing disaster risk and enhancing community and government capability to respond to future disasters.
“I am confident that the training will be beneficial for the local authorities to develop pre-planning for best and timely responses to crisis as much as for the prevention and minimizing the risks,” said Lorena Lando, IOM Chief of Mission for Nepal.
“In Nepal IOM has been supporting all three-tiers of the government as well as communities and people in their efforts for effective and efficient disaster prevention, preparedness, response and recovery activities since 2018” she added.
The technical assistance is part of IOM’s support to the Government of Nepal in strengthening the legal framework and capacity of local levels for effective and efficient disaster prevention, preparedness, response and recovery activities. The trainings to the local levels are also one of the biggest components of the project in addition to the support to the Provincial Governments on the legal aspect. The training curriculum includes, among other things, dedicated sessions on early warning system and disaster risk information and assessments, thus contributing to Target G of the Sendai Framework “Substantially increase the availability of and access to multi-hazard early warning systems and disaster risk information and assessments to people by 2030”. Furthermore, the 2022 edition of the International Day for Disaster Risk Reduction (IDDRR) day also focuses on Target G.
Under the auspices of the USAID-funded project Preparedness for Risk Reduction through Technical Assistance in Nepal (PARIWARTAN), approximately 12,000 elected local level representatives and government officials have been already trained.
The project aims to provide training for about 6,000 people in the coming months based on the Disaster Risk Management Localization Manual: An Operational Training Manual for DRM Capacity Building of Local Governments developed by IOM in close cooperation with the government of Nepal, based on comprehensive assessment titled ‘Needs and Capacity Assessment of Fourteen Rural and Urban Municipalities on Disaster Risk Reduction and Management in Nepal’ carried out in 14 Local Governments from different topographical locations of 7 provinces.
These trainings have been organized by the project implementing partner consortium, led by the National Society for Earthquake Technology – Nepal (NSET) in partnership with Practical Action Consulting and Lutheran World Federation. The trainings for remaining 51 local levels are being rolled out under other USAID funded projects.
The IDDRR is marked on 13 October every year to promote a global culture of disaster risk reduction, taking it as an opportunity to acknowledge the progress being made toward preventing and reducing disaster risk and losses in lives, livelihoods, economies and basic infrastructure in line with the international agreement for reducing global disaster risk and losses, the Sendai Framework for Disaster risk Reduction 2015-2030, adopted in March 2015. The IDDRR 2022 is focused on raising awareness and mobilizing actions for early warning and early action for all.
For more information, please contact Ruchi Thapa at IOM Nepal at Mob: +977 9841 365 316, Email: Ruchi Thapa: ruthapa@iom.int
***** ***** ***** ***** *****
"कोही नछुटोस्" भन्ने अवधारणा अवलम्बन गर्दै आईओएमले ५५० भन्दा बढि पालिकाहरूलाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको स्थानीयकरण सम्बन्धी तालिम दिएकोछ।
काठमाडौं – आज अक्टोबर १३ तारिखका दिन संसारभर अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइरहेको अवसरमा हामी नेपालका ५५० भन्दा बढि पालिकाहरुमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (DRRM) सम्बन्धी प्रशिक्षण सम्पन्न भएको सुनाउन पाउँदा हर्शित छौं। अमेरिकी सहयोग नियोग (युएसएड)को मानवीय सहायता व्यूरोको आर्थिक सहयोगमा आप्रवासन सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय (आईओएम) द्वारा कार्यान्वयन गरिएको यो परियोजनाले देशभरका सबै स्थानीय तहहरूमा पुग्ने लक्ष्य राखेको छ र हालसम्म देशका ७५% भन्दा बढी पालिकाहरूमा सम्पन्न भईसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा आइओएमले नवनिर्वाचित स्थानीय तहका अधिकारीहरूलाई विपद् न्युनिकरण तथा व्यबस्थापन कानून, नीति र कार्ययोजनाको स्थानीयकरण गर्न सक्षम बनाउन तालिम सञ्चालन गर्दै आएको छ । यी तालिमले अन्तत: विपद् जोखिम कम गर्न र भविष्यमा आइपर्ने प्रकोपका बखत ज्यु-धन जोगाउने प्रतिकार्य गर्न समुदायको तथा सरकारी क्षमता अभिवृद्धि गर्न बलियो आधार बनाउँछन्।
सो अवसरमा आईओएमका नेपाल प्रमुख लोरेना ल्यान्डोले “प्रशिक्षणले सङ्कटका बेला उत्तम र समयमै प्रतिकार्य गर्न, पूर्व-योजना विकास गर्न तथा विपद् रोकथाम र न्यूनीकरणमा स्थानीय अधिकारीहरूका लागि लाभदायी हुने कुरामा म विश्वस्त छु," भन्नुभयो।
"नेपालमा आईओएमले सन् २०१८ देखि तीनै तहका सरकारहरुका साथै समुदाय तथा व्यक्तिहरुलाई प्रभावकारी विपद् रोकथाम, तयारी, प्रतिकार्य तथा पुनर्लाभ गतिविधिहरूका लागि सहयोग गर्दै आएको छ" उहाँ थप्नुहुन्छ।
यस प्राविधिक सहयोग आइओएमले नेपाल सरकारलाई प्रभावकारी विपद् रोकथाम, पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभ गतिविधिहरूका लागि स्थानीय तहको कानुनी ढाँचा र क्षमतालाई बलियो बनाउनका लागि गरेका सहयोगहरु मध्ये एक हो ।
प्राविधिक सहयोग प्रभावकारी विपद् रोकथाम, पूर्वतयारी, प्रतिक्रिया र पुनर्लाभ गतिविधिहरूका लागि स्थानीय तहको कानुनी ढाँचा र क्षमतालाई बलियो बनाउन नेपाल सरकारलाई आइओएमले गर्दै आएका सहयोगहरु मध्येको एक हिस्सा हो। प्रादेशिक सरकारहरुलाई दिइदै आएको कानुनी पक्ष सम्बन्धी सहयोगका अलवा स्थानीय तहहरुलाई दिइएका तालिम यस परियोजनाको सबैभन्दा ठूलो अंग हो। प्रशिक्षण पाठ्यक्रममा अन्य विषयवस्तुका साथै पूर्व-सूचना प्रणाली, विपद् जोखिम सूचना, मूल्याँकन आदि विषयवस्तुहरु समावेश छन्, जसले सेन्डाई फ्रेमवर्कको सातौँ लक्ष्य हाँसिल गर्न योगदान पुर्याउछ । सन् २०३० सम्म बहु पक्षीय पूर्व-सूचना प्रणाली र विपद् जोखिम सूचना वृद्धि गर्न आवश्यक लेखाजोखा गर्न क्षमता विकास गर्न सातौ लक्ष्यले जोड दिएको छ । सन् २०२२ को अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस पनि सातौ लक्ष्यसंग केन्द्रीत छ ।
"परिवर्तन" नामको यस परीयोजना अन्तर्गत स्थानीय तहका करिब १२,००० निर्वाचित प्रतिनिधि तथा सरकारी अधिकारीहरूलाई तालिम दिइसकिएको छ। परियोजनाले "स्थानीय सरकारहरुको विपद् जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि प्रशिक्षण कार्यसञ्चालन निर्देशिका"को आधारमा आगामी महिनामा करिब ६,००० जनालाई प्रशिक्षण दिने लक्ष्य राखेको छ।
यी तालिमहरू भुकम्प प्रविधी राष्ट्रिय समाज-नेपाल (एन्सेट) नेतृत्वको छाता संगठन अन्तर्गत प्राक्टिकल एक्सन कन्सल्टिङ र लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा आयोजना भईरहेकाहुन्। बाँकी ५१ स्थानीय तहका लागि तालिमहरू युएसएडको आर्थिक सहयोगमा अन्य परियोजनाहरू अन्तर्गत सञ्चालन भइरहेका छन्।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस प्रत्येक वर्ष अक्टोबर १३ तारिखका दिन विपद् जोखिम न्यूनीकरणको विश्वव्यापी संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य सहित मनाइन्छ। यस दिनलाई विपद् जोखिम न्यूनीकरण र जीवन, जीविकोपार्जन, अर्थतन्त्र र आधारभूत पूर्वाधारमा हुने क्षतिलाई न्यूनीकरण गर्ने दिशामा भइरहेको प्रगतिलाई मनन गर्ने अवसरको रूपमा विश्वव्यापी प्रकोप जोखिम र यसबाट हुने क्षति न्युनिकरणका लागि मार्च २०१५ मा अपनाईएको विश्वव्यापी सम्झौता "सेन्डाई फ्रेमवर्क २०१५-२०३०"का अनुरुप मनाइन्छ। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस २०२२ सवैका लागि जनचेतना वृद्धि गर्न, पूर्व सूचना र पूर्व कार्यहरु गर्नेमा केन्द्रित छ ।
थप जानकारीको लागि, आइओएम नेपालकी रुची थापालाई मोबाइल +९७७ ९८४१ ३६५ ३१६, इमेल: ruthapa@iom.int मा सम्पर्क गर्नुहोस् ।